१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी 
२०७६ जेठ १२ आइतबार १२:३६:००
Read Time : < 1 मिनेट
विश्व

गर्मी छल्न कारमा गोबर पोतिन् यी महिलाले

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १२ आइतबार १२:३६:००

गर्मी ह्वात्तै बढेको छ । यसबाट जोगिन मानिसहरुले विभिन्न उपाय निकालिरहेका छन् । तापक्रम ४५ डिग्रीसम्म पुगेपछि भारत अहमदावादकी एक महिलाले भने विचित्रको तरिका अपनाएकी छन् । 

सेजल शाह नामकी महिलाले गर्मीबाट जोगिन आफ्नो कारलाई गोबरले पोतेकी छन् । उनको दाबी छ कि, यसो गरेपछि एसीबिनै पनि कारलाई शितल राख्न मद्दत पुगेको छ । 

एसियन न्युज इन्टरनेशनल (एएनआई) सँगको कुराकानीमा शाहले भनेकी छन्, ‘गर्मी सहिनसक्नुको छ । मैले मेरो घरको जमिन पनि गाईको गोबरले पोतेकी छु । त्यो अनुभवका आधारमा कारलाई चिसो राख्न गोबर पोतेकी हुँ ।’