१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख १८ मंगलबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा चिसो बढ्याे, तापक्रम २.५ डिग्रीमा झर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o६:oo

काठमाडौं उपत्यकामा चिसो बढ्ने क्रम जारी

हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा बिहान ८:४५ बजेको समयमा झरेर न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ। याे यस वर्षकै सबैभन्दा न्यूनतम तापक्रम हाे। दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो।     

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए। उनले अहिले गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको जानकारी दिए। अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए।
 

ad
ad