१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:०८:००
Read Time : < 1 मिनेट
नयाँCity

हङकङमा आर्यन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:०८:००

यतिवेला आर्यन सिग्देल हङकङमा छन् । हङकङमा साइकल चलाइरहेको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्म ‘च च हुई’को सुटिङका लागि निर्माण टिमसँगै आर्यन हङकङ पुगेका हुन् । यतिवेला निर्माण टिम फिल्म सुटिङमा व्यस्त छ । आर्यनले साइकल चलाएको फोटो फिल्म सुटिङका क्रममा खिचिएको हो । 

आर्यनले आफ्नो फेसबुक पेजमा हङकङमा खिचिएका विभिन्न फोटो सेयर गरेका छन् । उनका फ्यानले नयाँ फिल्मका लागि शुभकामना दिँदै कमेन्ट गरेका छन् ।

‘चच हुई’ हङकङको नर्थ प्वाइन्ट, जोर्डन, गार्डेन हिललगायत स्थानमा सुटिङ भइरहेको छ । फिल्मको निर्देशन साम्तेन भुटियाले गरिरहेका छन् । फिल्मको निर्माता अमृत लामा हुन् । फिल्ममा आर्यनसहित पुष्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतको अभिनय छ ।