आर्यन सिग्देल र केकी अधिकारी अभिनीत नयाँ गीत सार्वजनिक भएको छ।
डा. कृष्णहरि बरालको शब्द तथा मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटु चलेको’ बोलको गीत सार्वजनिक भएको हो।
मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए।
‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले भिडियोमा पनि दुई प्रेमी–प्रेमिकाको प्रेमलाई देखाइएको छ,’ मञ्जिलले भने।
मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ–मास्टरिङ र अनिल रानाको सम्पादन छ। हिमाल श्रेष्ठले खिचेको गीतको भिडियो निर्देशन बादल लिम्बूले गरेका हुन्।