Skip This
पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १५:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १५:५१:oo

लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तो भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।

परिषद् सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहसमेतको उपस्थिति रहेको बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकताअनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरिदिएको छ।

मारवाडी सेवा समितिले यसअघिको करार बदर गरिपाऊँ भनी काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध दायर गरेको मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो।