Skip This
आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडको साधारणसभा सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १७:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडको साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १७:३५:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। गत शुक्रबार सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष सरस्वती अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल भई विभिन्न प्रस्ताव पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिको आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। कम्पनीको आर्थिक वर्ष ०८०/८१ सम्मको मुनाफाबाट कम्पनीको सेयरधनीलाई चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने तीन करोड ६० लाख रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। यसैगरी, आ.व. ०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति एवं पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसहित विशेष प्रस्तावअन्तर्गत सञ्चालक नियुक्ति अनुमोदन प्रस्तावसमेत पारित भएको छ।

आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सामूहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा कार्य गर्दै आएको छ।