१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार २२:o३:oo
Read Time : < 1 मिनेट
समाचार

विकास निर्माणमा मापदण्ड पालना नगरे महानगरले पाँच हजारदेखि पाँच लाखसम्म जरिवाना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार २२:o३:oo

काठमाडौं महानगरपालिकाले निर्माणजन्य कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरे पाँच हजारदेखि पाँच लाखसम्म जरिवाना गर्ने भएको छ । काठमाडौं महानगरपालिका, सार्वजनिक निर्माण विभागले आइतबार सूचना जारी गर्दै निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

महानगरले निर्माणजन्य फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने फाल्ने वा थुपार्ने गरेको फेला पारेमा पहिलोपटक २५ हजार जरिवाना गर्ने जनाएको छ । यस्तै, सवारीसाधन वा व्यक्तिले बाटोमा माटो बालुवा तथा हिलो खसाली फोहोर गरे गराएमा, पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने जनाएको छ । अनुमतिविना सडकपेटी अतिक्रमण गरी निर्माण सामग्री राखेमा भने १५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने सूचनामा उल्लेख छ । 

निर्माण कार्य गर्दा तोकिएको सामान्य मापदण्ड पूरा नगरेको हकमा जस्तै, निर्माण सुरक्षा पालना नगरे५० हजारदेखि ५ लाखसम्म, दोस्रो पटकदेखि प्रत्येक पटक ५० हजार जरिवाना गर्ने उल्लेख छ । यस्तै, कुनै पनि भौतिक संरचना निर्माण वा मर्मत कार्य गर्दा वातावरणलाई नकारात्मक प्रभाव पारेमा, (वायु, जल, ध्वनि र जमिन प्रदूषण) पनि जरिवाना गरिनेछ । निर्माण वा मर्मत कार्य सुरु गरेपछि सुरक्षा विधि अपनाई नियमित र निरन्तर कार्य नगर्ने निर्माण व्यवसायी वा निकाय वा व्यक्तिलाई वा लथालिंग हुने कार्य गरेमा, कार्य तालिकाअनुसारको काम नगरेमा पनि जरिवाना गर्ने सूचनामा उल्लेख छ । 

महानगरका अनुसार स्वीकृति नलिई सडक तथा फुटपाथ खनेमा५० हजारदेखि ५ लाखसम्म प्राविधिक प्रतिवेदनका आधारमा क्षतिको लागत थप हुनेछ ।