१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोर्खा मिडिया नेटवर्कसँग जोडिएका पूर्वडिआइजी जोशी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १७:५७:oo

गोरखा मिडिया नेटवर्कसँग जोडिएका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे (जोशी) पक्राउ परेका छन्।

सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जोशी पक्राउ परेको बताए। उनले भने, ‘छविलाल बन्जाडे पक्राउ परेका छन्। उनीविरुद्ध सहकारीको रकम दुरुपयोग गरेको अभियोग छ। सोही सम्बन्धमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।’

सरकारबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कुमार रम्तेल र जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।

समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले आइतबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो। सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।