१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १८:१९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

लामाको ‘दर्ज्यु संलाप’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १८:१९:oo

निबन्धकार कुमारी लामाद्वारा लिखित पुस्तक ‘दर्ज्यु संलाप’ लोकार्पण भएको छ। प्रा.डा. अरुण गुप्तो, डा. विन्दु शर्मा, फूलमान बल, प्रकाशक पुष्पराज पौडेल र लेखक स्वयंले राष्ट्रिय नाचघर जमलमा संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

भाषाविद् अमृत योञ्जनले शुभकामना व्यक्त गरेका कार्यक्रममा प्रमुख अतिथि अरुण गुप्तोले आफूलाई किताबले धेरै विषयमा ज्ञान दिएको र किताबमा भएका विषयले आफूलाई अत्यन्त प्रभावित पारेको बताए।

डा. विन्दु शर्माले निबन्धमा भुँइमान्छे र नारीका विषयमा गहन विषय उठान भएको बताए। निबन्धमा आख्यानीकरण पनि रहेको सबै पाठकका लागि उपयोगी हुने उनले बताए। 

त्यस्तै, फूलमान बलले निबन्धमा ठुला मान्छे र ठुलो विषय नभए पनि राम्रो र स्तरीय रहेको तथा जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखेर महत्त्वपूर्ण योगदान दिएकोमा  बधाई दिए।

लेखक लामाले आफूले निबन्धमा सक्दो प्रयास गरेको र सिर्जनात्मक सुझाव आफ्ना लागि सदैव स्वीकार्य हुने बताइन्। शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य ५२५ रुपैयाँ रहेको छ।