१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १७:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमई बैंकलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १७:१२:oo

नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।

संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म आयोजना भएको प्रतियोगितामा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए। प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरू सहभागी थिए।

पुरुष र महिला दुवैतर्फको उपाधि ग्लोबल आइएमई बैंकले जित्नुका साथै पुरुष र महिला दुवैतर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ।

उक्त प्रतियोगिताको फाइनलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआइसी एसिया बैंकलाई हराएको हो। ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्ना सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका शशांक निरौलाले हात पारे। साथै, महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारेकी छिन्।

साथै, आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोलरक्षक केशमाया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारेकी छिन्।

अन्तरबैंक फुटसल २०८० मा महिलातर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो। यो वर्षको उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिलातर्फको विजेता उपाधि लगातार दोस्रोपटक हो।