१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार २१:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

समाजसेवा र चित्लाङ उपाधिका लागि भिड्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार २१:१९:oo

समाजसेवा क्लब र चित्लाङ फुटबल क्लब काठमाडौं जिल्लास्तरीय नकआउट/ लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। 

आइतबार सानो गौचरण मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा समाजसेवाले कुर्दन फुटबल एकेडेमीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो। समाज सेवाका लागि अभिषेक स्रिपाली र प्रधानबहादुर तामाङले गोल गरे। कुर्दनका लागि आयुषमान श्रेष्ठले गोल फर्काएका हुन्। 

दोस्रो सेमिफाइनलमा चित्लाङले भुइँखेल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्‍यो। निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएको थियो। 

फाइनल खेल सोमबार हुनेछ। विजेताले एन्फा प्रदेश लिगमा प्रतिस्पर्धा गर्ने अध्यक्ष विराटजंग शाहीले बताए।