१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o९:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘टेक्नो स्पार्क गो वान’  नेपाली बजारमा, मूल्य १२ हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o९:३५:oo

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा आएको छ । टेक्नो स्पार्क गो वानको सुरुवाती मूल्य ११ हजार नौ सय ९० रुपैयाँ मात्रै रहेको छ । स्टाइलिस स्मार्ट फोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारीकरण गर्न लागेको हो ।  

ग्राहकले न्यूनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्ने बताइएको छ । स्पार्क गो वान अनलाइन र अफलाइन दुवै बजारमा उपलब्ध छ । जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हट्र्जसम्मको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टिटास्किङका लागि ८ जिबी र्‍याम र बुमिङ, क्रिस्टल क्लियर अडियोसहितको डुअल स्टेरियो स्पिकरसहितको सुविधा स्पार्क गो वानमा रहेको छ । 

पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनको यो फोन तयार गरेको बताइएको छ । ५० भन्दा बढी सेवा केन्द्र भएको टेक्नोले स्मार्ट फोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठुलो सपोर्ट नेटवर्क बनेको छ ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, ‘फोनको सुपरस्टारका रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ । यो एउटा यस्तो स्मार्ट फोन हो, जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ ।’ टेक्नो स्पार्क गो वानले स्मार्ट फोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्ने दाबी गरिएको छ ।