१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार ११:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिबी राईको यात्रा : नेटवर्किङदेखि सहकारी ठगीसम्म 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:१२:oo

६ सहकारीको रकम अपचलन गरेर फरार जिबी राई विगतमा नेटवर्किङ व्यवसायमा थिए । अदालतको आदेशमा नेटवर्किङ व्यवसाय बन्द भएपछि उनी सहकारीमा लागेका थिए ।

०५६ देखि नै नेटवर्किङ व्यवसायमा रहेका जिबी राई नेर हर्ब्स, नेचर नेस्टलगायत ६ वटा नेटवर्किङ कम्पनीका सञ्चालक बने । ०५६ देखि ०५८ सम्म सञ्चालन भएको गोल्डक्वेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत जिबी सक्रिय थिए ।

हङकङबाट सञ्चालित सो कम्पनीले हजारौँ नेपालीलाई ठगेको थियो । ०६१ मा जिबीका दाइ अनन्तबाबु राईले हर्बाे नामक नेटवर्किङ कम्पनी खोले, जसमा जिबी र उनका अर्का दाइ देवेन्द्रबाबु पनि आबद्ध भए । हर्बाेमा जिबी लिडर मात्र थिए । पछि ससुरालीको सम्बन्ध प्रयोग गरी सहकारीमा छिरेका जिबीले देशभरि सहकारी प्राइभेट कम्पनीको शैलीमा चलाएर रकम हिनामिना गरेका हुन् ।

‘यसरी नेटवर्क व्यापारबाट शिक्षित र दीक्षित बनेर जिबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ र पछि त्यही सहकारी कब्जा गरेर देशैभरि नेटवर्क कम्पनीकै जस्तो गरी सहकारीको नेटवर्क बनाएको देखियो,’ संसदीय छानबिन समितिको प्रतिवेदनमा भनिएको छ ।

सहकारीमा समस्या बढेसँगै उनी गत वर्ष भारत हुँदै मलेसिया भागेका थिए । इन्टरपोलबाट रेड नोटिस जारी हुँदा पनि प्रहरीले उनलाई मलेसियाबाट नेपाल ल्याउन सकेको छैन ।