१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार o८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारीको पैसामा रजिस्ट्रारको भियतनाम र बेल्जियम भ्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o८:२७:oo

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी विभागका रजिस्ट्रारहरूको भूमिकामाथि समेत प्रश्न उठाएको छ । निष्पक्ष अनुगमन गर्न नसकेको, नियमविपरीत कार्यक्षेत्र थप्ने तथा सेवाकेन्द्र खोल्न अनुमति दिने मात्र नभई सहकारीकै पैसामा विदेश घुम्न गएकोसमेत उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकमा अनुगमन गर्दा बैंकको खर्चमा तत्कालीन रजिस्ट्रार बेल्जियम र भियतनाम भ्रमणमा गएको खुलेको छ । ०७९ माघमा गरेको अनुगमनमा त्यस्तो देखिएको थियो ।

राष्ट्र बैंकले सो खर्च सम्बन्धितबाट असुल गर्न त्यसवेला नै निर्देशन दिएको थियो । प्रतिवेदनमा रजिस्ट्रारको नाम भने उल्लेख छैन । त्यतिवेला रुद्र पण्डित सहकारी विभागको रजिस्ट्रार थिए ।

त्यस्तै, सहकारीको कार्यक्षेत्र तथा सेवाकेन्द्र विस्तारमा समेत अनियमितता भएका आशंका गरिएको छ । डा। टोकराज पाण्डे र लीलाप्रसाद शर्माको कार्यकालमा यस्ता निर्णय धेरै भएको प्रतिवेदनमा उल्लेख छ । समितिले तत्कालीन रजिस्ट्रारहरूलाई समेत बोलाएर सोधपुछ गरेको थियो ।