Skip This
बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
२o८१ असोज २ बुधबार १o:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १o:१o:oo

संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ। संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरूको अध्ययन गरेको छ।

२०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ । सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्त्वपूर्ण रहेको बताए।

उनले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै प्रवर्द्धनमा सरकारले नै काम गर्नुपर्ने बताए। देशमा रहेका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसँग रहेको भन्दै उनले आफूहरूले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने धारणा राखे। 

समितिका सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालय अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने भन्दै त्यसका लागि सरकारले विशेष जोड दिनुपर्ने बताए। देशका प्रधानमन्त्रीहरू अन्तर्राष्ट्रिय फोरमहरूमा जाँदा लुम्बिनी बौद्ध विश्वविद्यालयको नाम र काम उच्चारण गरेर प्रवर्द्धन गर्नुपर्ने उनले बताए। बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्र मात्रै नभई विश्वसमुदाय नै लुम्बिनी आउने उनले बताए ।

समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासका बाबजुद जग्गा प्राप्ति भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताए। स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उनले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताए । त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बूले बौद्ध विश्वविद्यालयले अगाडि बढाएको परियोजना कार्यान्वयनमा समितिले सघाउने बताउँदै समुदायलाई जोडेर जान सुझाव दिए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुवात गरेको जानकारी गराए। प्राज्ञिक विकासका लागि अनुमानित आठ सय करोडको गुरुयोजना तयार भएको भन्दै उनले परियोजनाअन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजी भइरहेको बताए। 

चीन, थाइल्यान्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्रहरूबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रस्टमार्फत दान संकलन गरिने बताए । विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले तीन स्थानमा केन्द्रित  रहेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ति गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम सुरुवात भएको बताए ।

देवदहको विकास हुँदा स्थानीयलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रत्यक्ष लाभ प्राप्त हुने उनले बताए। उनले विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गरे । संसदीय समितिले बुटवलको सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको थियो। समितिसँग शिक्षा दिवसका अवसरमा असोज २ गते केन्द्रीय कार्यालयमा अन्तर्क्रिया कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।