Skip This
२९ किलो गाँजासहित रुपन्देहीबाट तीनजना महिला पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
२o८१ असोज २ बुधबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२९ किलो गाँजासहित रुपन्देहीबाट तीनजना महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:५५:oo

रुपन्देहीमा २९ किलो गाँजासहित तीनजना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका– २ भीमसेनपथबाट तीनजना पक्राउ परेका हुन् ।

लागुऔषध कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले भीमसेनपथ बस्ने वर्ष ५७ की बुद्धलक्ष्मी खड्कीको घरकोठा रितपूर्वक खानतलासी गर्दा अवैध गाँजासहित उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भीमसेनपथ बस्ने वर्ष ५७ की बुद्धलक्ष्मी खड्की, सोही ठाउँ बस्ने वर्ष ३४ की हिना शाही खड्की र दैलेख महाबु गाउँपालिका– ४ बस्ने वर्ष २३ की रिहा शाही ठकुरी रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालत रुपन्देहीबाट ६ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।