Skip This
राष्ट्रिय दलित पत्रकार संघ खोटाङको अध्यक्षमा पुनः सविना अछामे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
२o८१ असोज २ बुधबार o९:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय दलित पत्रकार संघ खोटाङको अध्यक्षमा पुनः सविना अछामे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:५७:oo

राष्ट्रिय दलित पत्रकार संघ खोटाङ शाखाको अध्यक्षमा पुनः सविना अछामे परियार चयन भएकी छिन् । राष्ट्रिय दलित पत्रकार संघ खोटाङको मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले सविनालाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

११ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा लेखा रम्तेल, सचिवमा विष्णु उपरकोटी, सहसचिवमा ज्ञानेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष विश्वकर्मा चयन भएका छन् । सदस्यहरूमा प्रमिला परियार, अजय गदाल, कोशन रोक्का, जुनु परियार, दुर्गा विश्वकर्मा र मनीष परियार चयन भएका छन् । 

दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनले शर्मिला विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, मिलन चाहार, पर्शुराम विश्वकर्मा र राजन ठटाललाई सल्लाहकार समितिमा राखेको छ । नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश समितिका उपाध्यक्ष गंगाबहादुर विश्वकर्माले पद तथा गोपणीयताको शपथग्रहण गराएका थिए ।  

संघले अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृतसमेत गरेको छ । संघले खोटाङ टुडे डटकमका पत्रकार कृष्णकला राई र इफोकस डटकमका पत्रकार राजन ठटाललाई जनही नगद दुई हजार पाँच सयसहित पुरस्कृत गरेको हो ।