Skip This
एनसेल फाउन्डेसन घोषणा : सामाजिक पहलमा २० करोड योगदान गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार o९:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेल फाउन्डेसन घोषणा : सामाजिक पहलमा २० करोड योगदान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:४४:oo

एनसेलले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर)को परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ले घोषणा गरेको छ । फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

‘विगतका १९ वर्षमा एनसेलले एक करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै आएको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘संस्थाले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गरी दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउन एनसेल फाउन्डेसनको स्थापना गरेका छौँ ।’

सोही अवसरमा एनसेलले ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहलअन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्य कार्यान्वयन गरिनेछन् र प्रत्येक एक आयोजनाले १० लाख सिड फन्डका रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटिन फर एटिन’अन्तर्गत खुला गरिएका परियोजना प्रदेशस्तरमा कार्यान्वयन रहेका एनसेलको भनाइ छ । 

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उद्देश्यमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

साथै, फाउन्डेसनले विभिन्न कार्यक्रम जस्तै, वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्पलगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो ।