Skip This
सामसङको ‘भव्य दसैँ–तिहार, घरभरि उपहार’ योजना सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार o९:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको ‘भव्य दसैँ–तिहार, घरभरि उपहार’ योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:३७:oo

स्मार्ट फोन ब्रान्ड सामसङले आगामी ३० कात्तिक २०८१ सम्म नेपालमा सञ्चालन हुने चाडबाडलक्षित ‘भव्य दसैँ–तिहार, घरभरि उपहार’ योजना सार्वजनिक गरेको छ । 

यस योजनामा ग्राहकले ३१ प्रतिशतसम्मको छुटमा सामसङ टिभी र घरेलु उपकरण पाउनेछन् । साथै, टिभी खरिदमा १२ महिनासम्मको निःशुल्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने बताइएको छ । कम्पनीका अनुसार चुनिएका सामसङ फ्रन्ट लोड वासिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिकलगायतका आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने कम्पनीको भनाइ छ । 

कम्पनीले एचडी, एफएचडी, फोरके युएचडी, क्युएलइडी, नियो क्युएलइडी फोरके टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुटका साथै विशेष बोनस उपहारसहित क्यासब्याक प्रदान गरेको जनाएको छ । त्यस्तै, खरिद गरिएका टी, ए, बी, सी र डी–सिरिजका सामसङ टिभीहरूमा तीन वर्षको पूर्ण वारेन्टी हुनेछ भने सामसङ टिभी खरिद गर्दा ग्राहकले घरमा रियल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  यो अफर सामसङको रेफ्रिजेरेटर र वासिङ मेसिनमा समेत उपलब्ध हुनेछ ।