Skip This
चाडपर्व सुरक्षित बनाउन कोशी प्रहरीले बनायो विशेष सुरक्षा योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ असोज २ बुधबार o९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्व सुरक्षित बनाउन कोशी प्रहरीले बनायो विशेष सुरक्षा योजना

 प्रभावकारी कार्यान्वन गराउन कोशी प्रहरी प्रमुखको निर्देशन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:१३:oo

कोशी प्रदेश प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । कोशी प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले चाडपर्वलाई पूर्ण सुरक्षित बनाउन विशेष सुरक्षा योजना बनाएर प्रभावकारी  कार्यान्वयन गर्न जिल्ला र इलाका प्रहरी प्रमुखहरूलाई निर्देशन गरिसकेका छन् । 

नजिकिँदै गरेको चाडपर्वहरूलाई लक्षित गरी बनाइएको सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गराउन सके मात्र समाजमा शान्तिसुरक्षा कायम हुने भन्दै  चाडपर्वलक्षित विशेष सुरक्षा योजना  प्रभावकारी कार्यान्वयन गर्न जिल्ला र इलाका प्रहरी प्रमुखहरूलाई निर्देशन गरेका हुन् । 

चाडपर्वका अवसरमा कुनै पनि अपराधका घटनाहरू हुन नपाउने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै जिल्ला र इलाका प्रहरी कार्यालयहरू लागिपर्नुपर्ने कोशी प्रहरी प्रमुख डिआइजी खापुङको जोड छ । डिआइजी खापुङले चाडपर्वमा हुने जुवातास, विभिन्न अवान्छित गतिविधि, कालोबजारी, खुला सीमानाकाको कारण हुने चोरी, तस्करी, लागुऔषध र विस्फाेटक पदार्थको प्रयोग र ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन गरेका छन् ।

यसैगरी, चाडपर्वमा मठमन्दिर र बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षा व्यवस्था चुस्त बनाउन, यातायात सञ्चालन व्यवस्थित गराउन यात्रु सहायता कक्षहरूको स्थापना गर्न र ट्राफिक नियम पूर्ण पालना गराउनुपर्ने, बजारमा निगरानी गरेर किनमेललाई सुरक्षित बनाउन अनि भिआइपीहरूको सुरक्षामा चसो दिन मातहतका जिल्ला र इलाका प्रहरी प्रमुखहरूलाई निर्देशन गरेका छन् ।