१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालयमा, तल्लो तहलाई १६ वर्षमै पेन्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १४:११:oo

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि आज शुक्रबार अर्थ मन्त्रालय पठाएको गृहको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले बताए।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने बताएका थिए। ‘सरकार बनेको सय दिनमा यो विधेयकलाई क्याबिनेटमा पुर्‍याउने भन्ने हो। तर, मेरो लक्ष्य संसदमै पुर्‍याउने हो,’ उनको भनाइ थियो।

अर्थ मन्त्रालयबाट राय–परामर्श आइसकेपछि विधेयकलाई गृह मन्त्रालयले कानुन मन्त्रालय पठाउनेछ। कानुनबाट विधेयक गृहमा आएपछि मन्त्रिपरिषदमा पठाइने सहसचिव रिजालले बताए। ‘मन्त्रिपरिषदमा पठाइसकेपछि हामी लोकसेवा आयोगको परामर्श लिन्छौँ। त्यसपछि विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा जान्छ,’ उनले भने।

नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल नेपालको ऐन र निर्वाचन ऐन सय दिनभित्र संसद् पुर्‍याउने गृहमन्त्री लेखकको लक्ष्यअनुसार नै काम भइरहेको सहसचिव रिजालले बताए।

विधेयकमा सशस्त्र प्रहरी बल नेपालले गर्ने काम सीमा सुरक्षा नै हो भनेर विशिष्टिकृत गरिएको छ। सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपतमा उद्धार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने कुराको विशिष्टिकृत भएको उनको भनाइ छ।

सहसचिव रिजालका अनुसार बिल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गर्ने, विभिन्न दर्जाको पूर्वानुमान योग्य, बढुवा र सरुवाको व्यवस्था ऐनमा नै गर्न लागिएको छ।