Skip This
बागमती प्रदेश सभा बैठक ६ असोजमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३१ सोमबार १५:२२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक ६ असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १५:२२:oo

बागमती प्रदेश सभाको बैठक आगामी ६ असोजका लागि आह्वान गरिएको छ। बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेश सभा बैठक डेढ महिनापछि बस्न लागेको हो।

बैठकमा प्रदेश सभाअन्तर्गतका विभिन्न संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहने प्रदेश सभा सचिवालयले जनाएको छ। यद्यपि, बैठकको कार्यसूची तय गर्न ५ असोजमा कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ। शनिबार दिउँसो ३ बजे बस्ने बैठकले संसद्को कार्यसूची तय गर्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

प्रवक्ता गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेश सभा बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका दुईवटा र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन्।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन्।

समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ।