१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ भदौ ९ आइतबार १८:५२:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संखुवासभाका १० पालिकामध्ये मकालु प्रथम

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १८:५२:oo

पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभाका १० स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा मकालु गाउँपालिका प्रथम भएको छ। गत आर्थिक वर्ष ०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणको अन्तिम नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको हो।

सो नतिजाअनुसार केही वर्षअघि देशभरका सबै स्थानीय तहमध्ये अन्तिम भएको मकालु गाउँपालिका यसपटक जिल्लास्तरमा प्रथम भएको हो। जिल्लाका १० पालिकामध्ये पाँचखपन नगरपालिका अन्तिम बनेको छ।

जिल्लाभरमा प्रथम भएको मकालु गाउँपालिकाले १०० अंकमा ७३.५० अंक प्राप्त गरेको छ भने जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिका ७३ अंकसहित नगरपालिकातर्फ दोस्रो भएको छ।

यसैगरी, सभापोखरी गाउँपालिकाले ७२.७५, चैनपुर नगरपालिकाले ६५.५०, भोटखोला गाउँपालिका ६४.७५, मादी नगरपालिका ६४.५०, सिलिचो गाउँपालिका ६३.७५, धर्मदेवी नगरपालिका ६२ र चिचिला गाउँपालिकाले ५१.५० अंक प्राप्त गरेका छन्। पाँचखपन नगरपालिका जिल्लाको अन्तिम अर्थात् दसाैँ स्थानमा छ।

आफ्नो संस्थाको स्वमूल्यांकन गर्दा १० वटा विषय क्षेत्रहरूको अंकभार जोड्दा १०० पुग्नुपर्ने हुन्छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका लागि विभिन्न विषय क्षेत्रहरू निर्धारण गरेको छ। जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य र समन्वयलगायतका शीर्षकहरू राखिएको हुन्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमी-कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गराउँदै आएको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको समन्वयात्मक भूमिका जिल्ला समन्वय समितिले निर्वाह गर्ने गर्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशितभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतिशत अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशतमाथि अंक ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रूपमा वर्गीकरण गर्ने गरेको छ।