Skip This
चोरी आरोपमा सातजना पुर्पक्षका लागि कारागार चलान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ भदौ २८ शुक्रबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी आरोपमा सातजना पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १३:४८:oo

रामेछापका विभिन्न स्थानमा चोरीका सामानसहित पक्राउ परेका सातजनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका– १ लालझाडी घर भई मन्थली नगरपालिका– १ बसपार्क बस्ने ४५ वर्षका सरोजकुमार विश्वकर्मा, मन्थली नगरपालिका– १ बसपार्क बस्ने ३४ वर्षका हर्कबहादुर भुजेल, सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका– २ भीमस्थानका ४५ वर्षका नरेश लामा (तामाङ) र धनुषा जिल्ला मिथिला नगरपालिका– ४ पुष्पलपुरका ३० वर्षका धनराज बम्जन रहेका छन्।

त्यस्तै, चोरीमा संलग्न भई पुर्पक्षका लागि कारागार चलान हुनेमा जिल्ला सर्लाही ब्रह्मापुरी नगरपालिका– ६ स्थायी बस्ने अन्दाजी वर्ष ४० की कुमुम कुमारी, सोही ठाउँकी १९ वर्षकी सुनिता कुमारी र भारत बिहार दोस्तीयाथाना– ७ वस्ने अन्दाजी ३२ वर्षका तपश्वेर महतो रहेका छन्। उनीहरूको समूहले साउन ३१ गते मन्थली नगरपालिका– ४ सालु सामलस्थानका सोमबहादुर खत्रीको घरबाट मोबाइल चोरी गरेका आरोप छ।

उनीहरूले विभिन्न मितिमा रातको समयमा मन्थली नगरपालिकाका विभिन्न नागरिकहरूको घरमा चोरी गरेका थिए। जसमध्ये साउन ३१ गते मध्यराति मन्थली नगरपालिका– १ स्थित वीरबहादुर तामाङको घर फोरेर गरगहना, नगद तथा भाडा वर्तन चोरी गरेका थिए। त्यसै असार १५ गते राति मन्थली नगरपालिका– १ खाँदबारीस्थित यमबहादुर थापाको घरको मूल ढोकामा राखिएको दुईवटा पित्तलको गाग्री र दुईवटा तामाको कलश चोरी गरेका थिए।

पछिल्लो समय रामेछापमा चोरीका घटना बढेसँगै प्रहरीले चेकिङ र निगरानी बढाएको छ। प्रहरीले निगरानी बढाएसँगै जिल्लामा पहिलोपटक एकैपटक सातजनालाई चोरीका सामानसहित पक्राउ गरी मुद्दा चलाएको हो। जिल्ला अदालतको आदेशपछि सबैजनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।