१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
गगन अयडी बाजुरा
२o८१ भदौ ९ आइतबार १८:३६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बुढीगंगा बाजुरा जिल्लाकै उत्कृष्ट पालिका

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १८:३६:oo

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा बुढीगंगा नगरपालिका बाजुरा जिल्लाकै उत्कृष्ट भएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को स्वमूल्यांकनको प्रतिवेदनअनुसार बुढीगंगा नगरपालिका ८४.५० अंकसहित जिल्लाकै पहिलो भएको हो। ८०.२५ अंक ल्याउँदै जगन्नाथ गाउँपालिका दोस्रो हुँदा तेस्रो नम्बरको गौमुल गाउँपालिकाले ७१.२५ अंक ल्याएको छ।

यसैगरी, स्वामिकार्तिक खापरको ७१, खप्तड छेडेदहको ६९.५०, बडिमालिका नगरपालिकाको ६६.७५ अंक रहेको प्रतिवेदनमा उल्लेख छ। त्रिवेणी नगरपालिकाले ६२.७५, बुढीनन्दा नगरपालिकाले ४८.७५ र हिमाली गाउँपालिकाले ४६.५० अंक ल्याएका छन्।

यसअघि सार्वजनिक लिजाको प्रारम्भिक नतिजामा जगन्नाथ गाउँपालिका जिल्लाकै उत्कृष्ट देखिए पनि गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा पहिलो भएको जिल्ला समन्वय समिति बाजुराका कार्यालय प्रमुख दीपेन्द्र पाण्डेले बताए।