१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुरमा चारवटा नगरपालिकाको काम छैन : सांसद थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १४:३२:oo

भक्तपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले भक्तपुरमा चारवटा नगरपालिकाको काम नभएको दाबी गरेका छन् । चार नगरपालिकाको सट्टा एउटै उपमहानगरपालिका बनाउनुपर्ने उनले बताए । 

शुक्रबार प्रेस सोसाइटी नेपालको साक्षात्कार कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै सांसद थापाले आफूले यसबारे जिल्ला समन्वय समितिमा समेत जानकारी गराएको उल्लेख गरे । भक्तपुरको सानो भूगोलमा धेरै पालिका भएको भन्दै उनले राजनीतिको रोटी सेक्नबाहेक त्यसको औचित्व नभएको जिकिर गरे । देशैभर स्थानीय तहको संख्या घटाउने चर्चा चलिरहँदा भक्तपुरमा पनि एउटै मात्र उपमहानगर बनाएर अघि बढ्नुपर्ने उनले आवश्यकता औँल्याएका छन् ।

भक्तपुर नगर प्रमुखले आफ्नो फोनसमेत नउठाउने गरेको भन्दै उनले मेयरहरूमा दम्भ बढेको बताए । संघीय सांसदले धेरै काममा समन्वय गर्नुपर्ने, तर स्थानीय सरकार कुरा सुन्नसमेत नचाहने प्रवृत्तिले आफू आजित भएको उनको भनाइ छ ।

सांसद थापाले ख्वप: विश्वविद्यालय बनाउन आफू सकारात्मक रहे पनि नेमकिपाको प्रशिक्षण केन्द्रको ढाचामा प्रस्तावित विश्वविद्यालयले मान्यता पाउन नसक्ने प्रस्ट पारे । नगरपालिकाले आफूले सञ्चालन गरेकाबाहेक श्री पदम, विद्यार्थी निकेतन र शारदा माविजस्ता ऐतिहासिक विद्यालयको विकासमा ध्यान नदिएको उनको आरोप छ । ख्वप: विश्वविद्यालयको स्थापना, विद्यालयको स्तराेन्नति, हनुमन्ते डुबानको समस्या समाधानलगायत धेरै काममा आफू भक्तपुर नगरपालिकालाई सहयोग गर्न तत्पर रहेको उनले बताए ।