१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार o९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा भिरबाट लडेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार o९:१३:oo

अछाममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाटीमा खेतको काम सकेर घर फर्किने क्रममा भिरबाट खसेर ४५ वर्षका कमलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।  

उनका अनुसार मृतक शाही घरदेखि पाँच सय मिटरको दूरीमा रहेको बडरुख भन्ने ठाउँमा चिप्लिएर लड्दा सय मिटर तल भिरमा खसेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि दैलेख जिल्लाको राकम लैजाने क्रममा बिचबाटोमै उनको मृत्यु भएको हो । 

मृतक शाहीको शव पोस्टमार्टमका लागि अछाम सदरमुकाम मंगलसैनस्थित जिल्ला अस्पताल ल्याइएको छ ।