१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक : आज निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने विषयमा मध्यमार्गी उपाय खोजिँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार o८:oo:oo

आगामी निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने विषय लामो समयदेखि कांग्रेसमा जारी बहस मध्यमार्गी विकल्प खोजेर टुंग्याउने तयारी भएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनपूर्व गठबन्धन नगर्ने विषयमा अडिग रहेपछि शीर्ष नेतृत्वले मध्यमार्गी बाटो खोज्न थालेको हो । 

चुनावकै नतिजामा गम्भीर प्रभाव पार्ने एजेन्डा भएकाले कांग्रेसको शीर्ष नेतृत्व महामन्त्रीद्वयको प्रस्तावप्रति सकारात्मक छैन । गठबन्धनको विषयमा एकरूपता नदेखिएपछि थप गृहकार्यका लागि भन्दै ११ दिन केन्द्रीय कार्यसमिति बैठक सारिएको थियो । गठबन्धनलगायत ११ एजेन्डामा निर्णय लिन शुक्रबार बैठक बस्दै छ ।

मीन विश्वकर्मा, प्रमुख, प्रचार विभाग, कांग्रेस

केन्द्रीय समिति बैठक स्थगित गरेपछि पदाधिकारी तहमा निरन्तर अनौपचारिक छलफल भएका छन् । गठबन्धनका विषयमा सहमतिको मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पदाधिकारीमा निरन्तर छलफल भए पनि सहमति भएको छैन । उनका अनुसार गठबन्धनलाई रणनीतिक बनाउने गरी मध्यमार्गी निर्णयको प्रयास छ र शुक्रबारबाट सुरु हुने बैठकमा निष्कर्षमा पुग्ने तयारी छ ।

‘केन्द्रीय समिति बैठक स्थगित गरेपछि पदाधिकारी तहमा निरन्तर अनौपचारिक छलफल भएका छन् । गठबन्धनका विषयमा सहमतिको मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘गठबन्धनको विषयमा महामन्त्रीद्वयको प्रस्ताव सान्दर्भिक छैन र ०८२ मा महाधिवेशनपछि आउने नेतृत्वले तत्कालीन आवश्यकताका आधारमा निर्णय लिने भएकाले यसलाई नीतिको रूपमा जोड्न आवश्यक छैन भन्ने आवाज पार्टीमा छ ।’

तर, उपसभापति धनराज गुरुङले यसबिचमा कुनै छलफल नभएको र बैठकको सुझावका आधारमा निर्णयमा पुग्ने दाबी गरे । ‘बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नै जारी छ । निर्णयको विषयका कुनै छलफल भएको छैन । कांग्रेसले रुख चिह्नमै भोट हाल्न पाउनुपर्छ भनेर गरिएको प्रस्ताव गलत होइन,’ उनले भने, ‘गठबन्धनको विषय तत्कालीन रणनीतिको विषय हो । बैठकबाट सोहीअनुरूपको निर्णय आउँछ ।’ 

गत फागुनको महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गर्दै महामन्त्री शर्मा केन्द्रीय समिति बैठकमा निर्वाचनपूर्व गठबन्धन नगर्ने पक्षमा उभिएका थिए । यससँगै कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा चुनावपूर्व गठबन्धन गर्न नहुने गरी एकै ठाउँ आइपुगेका थिए । शर्माले विगतको अनुभवका आधारमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने गरी प्रतिवेदन परिमार्जन गरेका छन् ।

महामन्त्रीद्वय निर्वाचनपूर्व गठबन्धन नगर्ने र सरकार गठनमा भने गठबन्धन गरेर जानुपर्ने पक्षमा देखिएका छन् । महासमिति बैठकका सुझाव समेटेर जारी केन्द्रीय समिति बैठकमा उपसभापति खड्काले नीति प्रस्ताव, महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित राखेका छन् ।