१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
खेलकुदमन्त्री चौधरी भन्छन्–राखेपको उपाध्यक्षको विषयमा तत्काल केही प्रतिक्रिया छैन, तर हामी तयारीमै छौँ
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ७ शुक्रबार o७:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राखेपमा उपाध्यक्ष पद रिक्त 

शिव कोइरालाको चारवर्षे कार्यकाल सकिएको २७ दिन बित्दा पनि खेलकुदको  सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्षविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार o७:१४:oo

२७ दिनदेखि रिक्त रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष पदको पदपूर्ति हुन सकेको छैन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपाध्यक्षको नाम सिफारिस गर्न सकेका छैनन् । चौधरी आफूनजिकको व्यक्तिलाई नियुक्ति दिने योजनामा छन् । उपाध्यक्षमा अन्य व्यक्तिको नाम अगाडि आउँदा उनले त्यसमाथि छलफल प्रक्रिया नै अगाडि बढाएका छैनन् । 

११ साउनमा शिव कोइरालाको चारवर्षे कार्यकाल सकिएको थियो । उनी १२ साउन ०७७ मा राखेपमा उपाध्यक्षका रूपमा नियुक्त भएका थिए । खेलकुदमन्त्री चौधरीले रिक्त पदपूर्तिको तयारीमा आफू लागेको बताएका छन् । यद्यपि, यस सम्बन्धमा उनले थप प्रतिक्रिया दिन चाहेनन् । राखेप उच्च स्रोतका अनुसार मन्त्री चौधरीले आफूनजिकको व्यक्तिलाई उपाध्यक्ष बनाउने भित्री तयारी थालेका छन् । 

‘राखेप उपाध्यक्षको विषयमा तत्काल केही प्रतिक्रिया छैन, तर हामी तयारीमै छौँ,’ मन्त्री चौधरीले भने । खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष नियुक्ति गर्नेछ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार खेलकुदमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट एकजना उपाध्यक्ष नियुक्त गर्ने प्रावधान छ । ‘खेलकुदको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना उपाध्यक्ष रहनेछन्,’ परिच्छेद २ (ख)मा भनिएको छ । उपाध्यक्ष मात्र नभएर राखेपमा अहिले नौ सदस्य पद रिक्त छ । यसअघि एमाले कोटाबाट राखेपमा नियुक्त भएका उनीहरूको पदपूर्तिसमेत मन्त्रीले सीधै गर्न पाउने भए पनि त्यसतर्फ ध्यान दिएका छैनन् । 

तीनजनाको नाम सिफारिस
मन्त्री चौधरीले आफ्नो निर्वाचित क्षेत्र सप्तरीनिवासी काननलाल चौधरीलाई राखेपमा भित्र्याउने कसरत गरेका छन् । लोकतान्त्रिक खेलकुद संघले कांग्रेसबाट कर्माछिरिङ शेर्पा र देवेन्द्रकुमार शेरचनको नाम अगाडि बढाएको छ । मन्त्री चौधरीले गत प्रतिनिधिसभा निर्वाचनमा आफूलाई सहयोग गरेका व्यक्तिलाई उपाध्यक्ष पद पुरस्कार दिने लागेको राखेपकै स्रोतले बतायो । ‘काननलाललाई गुपचुप नियुक्ति दिने मन्त्री चौधरीको मनसाय देखिएको छ,’ राखेप स्रोतले भन्यो ।

काननलाललाई पहिलो प्राथमिकतामा राखेका मन्त्री चौधरीको योजनाप्रति कांग्रेस मात्र नभएर लोकतान्त्रिक खेलकुद संघभित्र पनि चर्काे विरोध भइरहेको छ । खेल क्षेत्रमा योगदान नै नगरेका काननलाललाई उपाध्यक्ष बनाउन नहुने लोकतान्त्रिक खेलकुद संघको ठहर छ । लोकतान्त्रिकबाट अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको नाम पहिलो नम्बरमा राखिएको छ । ०५६ देखि ०५९ सम्म राखेपका सदस्य रहेका शेर्पाले एन्फामा अध्यक्ष हुँदा महिला तथा पुरुष खेलाडीका मासिक तलब समान गराएका थिए । एन्फामा एक दशकभन्दा बढी उपाध्यक्ष भएर काम गरेका उनी सहिद स्मारक ‘ए’ डिभिजन लिग हिमालयन शेर्पा क्लबका अध्यक्ष पनि हुन् । लोकतान्त्रिकबाट उपाध्यक्षको लिस्टमा रहेका शेरचन लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष हुन् । 

खेलकुदमै योगदान पुर्‍याएकालाई सिफारिस गर्नुपर्छ : बखतबहादुर शाही, सचिव, लोकतान्त्रिक खेलकुद संघ
खेलकुद मन्त्रालयमा पार्टीकै मन्त्रीज्यू आएलगत्तै हामीले उपाध्यक्षका लागि नाम सिफारिस गरेका थियौँ । खेलकुदमा योगदान पुर्‍याएकाको नाम पनि दियौँ । तर, कसलाई नियुक्ति दिने मन्त्रीज्यूको कुरा हो । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउनै लाग्दा खेलकुदमै लामो समय काम गरेकालाई नियुक्त दिँदा उपयुक्त हुन्थ्यो । विवादमा जानुहुन्न भन्ने हाम्रो धारणा छ ।