मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २१ सोमबार
  • Thursday, 19 December, 2024
२o८१ श्रावण २१ सोमबार १६:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बंगलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २१ सोमबार १६:४८:oo

बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन्। बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बंगलादेश व्यापारमा समेत परेको हो।

गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो। फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी–बंलाबन्धमा केही कन्टेनर रोकिएका छन्। 

त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन्। ‘बंगलादेशमा फेरि आन्दोलनले उग्र रूप लिएकाले आयात–निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन,’ उनले भने। 

पारवहन कार्यालयको तथ्यांकअनुसार चालू आव ०८१/८२ मा ११ दिनमा रु. एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्यबराबरको सामग्री निर्यात र रु. २० करोड ६५ लाख ६२ हजार ७३ को आयात भएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार दाल, जडीबुटी, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङरोगनका पदार्थ बंगलादेश निर्यात हुन्छ। यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफूलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन्।

आन्दोलन चर्किँदै गएपछि बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन्। रासस