१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १३ आइतबार o८:४३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

अर्थशास्त्री केशव आचार्यलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १३ आइतबार o८:४३:oo

राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीति कस्तो लाग्यो ?
पहिलेपहिले मौद्रिक नीतिप्रति यति धेरै चासो र सरोकार देखिन्नथ्यो । तर, कोरोनाकालपछि सरकारको वित्तनीति अर्थात् बजेट काम नलाग्ने हुन थालेपछि सबैको ध्यान मौद्रिक नीतितर्फ केन्द्रित हुन थालेको छ । पछिल्लो समयमा पुँजीगत खर्च गर्नै नसक्ने या निकै सानो परिमाणमा मात्र खर्च हुने अवस्था सिर्जना हुँदै गएको छ । खर्च भएकै स्थितिमा पनि तीन–चार वर्षसम्म भुक्तानी नहुने अवस्था पनि छ । यसले गर्दा समग्र अर्थतन्त्र नै सुस्ताएको अवस्थामा आएको मौद्रिक नीतिलाई अर्थतन्त्रमा माग बढाउने सन्दर्भमा गाली नै गर्ने ठाउँ त छैन । तर, विगतको अनुभव हेर्दाचाहिँ ०७६/७७ पछि जेलिँदै गएको अवस्थामा अर्थतन्त्र फर्किने जोखिम भने कायमै छ ।

नयाँ मौद्रिक नीतिका सकारात्मक पक्ष केके हुन् ?
मौद्रिक नीतिले ऋण लिन चाहने ऋणीलाई सहजीकरण गरिदिने हो । आयात गर्नुपर्दा विदेशी मुद्राको सहजीकरण गरिदिनु पनि यसैको दायित्व हो । अहिले अर्थतन्त्रमा मागमा निकै कमी आएको छ । राजस्व कम उठेको र आयात घटेको अवस्थाबाट पनि अर्थतन्त्रमा मागमा कमी आएको अनुभव गर्न सकिन्छ । यस्तो अवस्थामा इन्जिनियरिङ, चिकित्सा शास्त्र, चार्टर्ड एकाउन्टेन्ट आर्दि विषय पढ्न चाहनेलाई शैक्षिक ऋण दिने विषय सकारात्मक छ । त्यसैगरी वैदेशिक रोजगारीमा रहनेले आफ्नो खातामार्फत रेमिट्यान्स पठाएमा उसलाई ऋणमा सहुलियत दिने विषय पनि राम्रो छ ।

यस मौद्रिक नीतिका कमजोरी केके देख्नुहुन्छ ?
कमजोरी नै त नभनौँ, तर यसमा आएका कतिपय नीतिबाट साना व्यवसायी, साना किसान या सर्वसाधारणले लाभ लिन सजिलो देखिन्न । यसको कार्यान्वयन पक्ष त्यति प्रभावकारी हुँदैन कि भन्ने प्रश्न कायमै छ ।