Skip This
जीवन विकास र मेटलाइफबीच सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जीवन विकास र मेटलाइफबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १२:o९:oo

मेटलाइफ नेपालले मोरङस्थित धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँग साझेदारी गरेको छ । साझेदारीअनुसार कम्पनीले धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ ।

सडकछेउको हरियाली परियोजनाले त्यहाँको वातावरणलाई अझै सुन्दर बनाउने, पारिस्थितिक सन्तुलन बढाउने, हावाको गुणस्तर सुधार गर्ने र स्थानीय समुदायका लागि हरित ठाउँ सिर्जना गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । 

‘हामी जीवन विकास समाजसँग यस वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाउँदा उत्साहित छौँ,’ मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस पहलले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रुख रोप्ने ग्लोबल सस्टेनेबिलिटी प्रतिबद्धतामा योगदान गर्दै वातावरणीय व्यवस्थापन र सामुदायिक संलग्नताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।’