Skip This
साहित्यकार कुन्ता शर्मा र समाजसेवी श्यामकुमार अधिकारी पुरस्कृत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ असार २३ आइतबार १o:२o:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

साहित्यकार कुन्ता शर्मा र समाजसेवी श्यामकुमार अधिकारी पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १o:२o:oo

साहित्यकार कुन्ता शर्मा र समाजसेवी श्यामकुमार अधिकारी (हिडपाली साइँलो) पुरस्कृत भएका छन् । सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठानले साहित्यतर्फ शर्मा र समाजसेवातर्फ अधिकारीलाई पुरस्कृत गरेको हो ।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही २५ हजार २२५ राशिको पुरस्कार प्रदान गरेका हुन् । मुख्यमन्त्री कार्कीले विराटनगरको सबैभन्दा पुरानो पूर्वाञ्चल बालसेवा आश्रमका संस्थापक सीता पोख्रेल र बालमुकुन्द पोख्रेलका नाममा पुरस्कार स्थापना गरेर उनीहरूका सन्तानले उदाहरण प्रस्तुत गरेको बताए ।

दशकौँदेखि सयौँ अनाथ बालबालिकालाई शिक्षादीक्षा दिएर पोख्रेलदम्पतीले समाजलाई ठूलो गुन लगाएको उनको भनाइ थियो । लेखक तथा समालोचक राजकुमार बानियाँले साहित्यतर्फ पुरस्कृत शर्मा र ब्युटी श्रेष्ठले समाजसेवातर्फ पुरस्कृत अधिकारीबारे चर्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले बर्सेनि प्रदान गरिने पुरस्कारको राशि वृद्धि गर्दै लगिने बताए ।