Skip This
नारायणी नदीको बाढीले झोलुंगे पुल बगायो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार १o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणी नदीको बाढीले झोलुंगे पुल बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १o:oo:oo

नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका– ३ स्थित झोलुंगे पुल बगाएको छ। न्युरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको हो। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति ११:३० बजे  बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो। नारायणीमा पानीको बहाव नघटेकाले नदीतटीय क्षेत्रमा बसोवास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन्।

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका– २ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर– १७ गोब्रेनीका ५४, वडा नम्बर १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नम्बर १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुंगाको सहायताले स्थानान्तरण गरेको हो ।