१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा अनुशासन जरुरी : उपसभामुख राना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १३:१६:oo

उपसभामुख इन्दिरा रानाले संसदभित्र अनुशासन जरुरी रहेको बताएकी छिन्।

६६औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले कानुन बनाउने थलोभित्रै अनुशासन कमजोर भएको बताइन्।

‘माननीयहरू मोबाइल हेरेर किन हलमा बस्नुपर्‍याे ?’ उनले प्रश्न गरिन्, ‘बाहिर गए भइहाल्यो नि। संसदमा अनुशासन हुनुपर्‍याे।’ 

उपसभामुख रानाले अहिले संसदमा बजेट नपाएको भनेर रुवाबासी चलेको सुनिएको भन्दै बजेट न्यायोतिच वितरण हुनुपर्नेमा जोड दिइन्।

सांसदलाई कानुन निर्माणसँगै विकास निर्माणको सहजीकरणको जिम्मा रहेको भन्दै उनले आत्मनिर्भर हुनेतर्फ सोच्नुपर्ने बताइन्। पूर्वसांसदको अनुभवलाई संसद् प्रभावकारी बनाउने गरी उपयोग गर्नुपर्नेमा उनले जोड दिइन्।

ad
ad
ad
ad