![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/rato-nadi2024-06-30-01-10-33.jpeg)
कवि जुनु रानाको पहिलो कविता कृति ‘रातो नदी’ विमोचन भएको छ।
शनिबार थापागाउँस्थित मण्डला थिएटरको सभा हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद बैरागी काइँलाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो।
कवि सीता तुम्खेवाको पहिलो कविता वाचनले विमोचनको औपचारिक ढोका खोलिएको थियो भने ‘रातो नदी’ कृतिभित्रको कवितावाचन चर्चित गायक यश कुमार र अभिनेता अंकित खड्कासँगै कवि सीता तुम्खेवाले संयुक्त रूपमा प्रस्तुत गरेका थिए।
नेपालको बागलुङमा जन्मिएर हङकङमा कर्म गरिरहेकी कवि रानाको यो पहिलो कविता कृति हो।