१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
सचिवालय बैठकका निर्णय जानकारी गराउँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार ११:५५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस र एमालेबीच बन्न लागेको गठबन्धनमा सहभागी नहुने भएको छ। समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।

परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस–एमालेबीचको नयाँ गठबन्धनबाट बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

पार्टीको सचिवालय बैठकले नयाँ गठबन्धनमा बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

संसद्को बाँकी कार्यकाल आधा–आधा प्रधानमन्त्री चलाउने गरी दुई ठूला दल कांग्रेस र एमालेले गएको मध्यरातमा सहमति गरेसँगै नयाँ गठबन्धन बनेको हो।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा पहिलो कार्यकालमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति दुई पार्टीले गरेका छन्।

ad
ad
ad
ad