१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई सय एक किलो लागुऔषध गाँजासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १५:o७:oo

बाराको सिम्रौनगढ नगरपालिकाबाट बारा प्रहरीले दुई सय एक किलो लागुऔषध गाँजाका १६ वटा पोका, लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीसहित दुईजनालाई शुत्रबार राति पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजासहित लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीका चालक धादिङ नीलकण्ठ नगरपालिका- ८ का २२ वर्षीय सुजन अधिकारी र गाडीका सह–चालक धादिङ ज्वालामुखी गाउँपालिका- १ का २३ वर्षीय रमेश नेपालीलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

सिम्रौनगढ नगरपालिका- ५ ठुलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइछिपाइ लागुऔषध राखिएको विशेष सूचनाको आधारमा प्रहरीले गए राति साढे १० बजे लागुऔषध गाँजा र ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक नवीन राईले बताए। उनीहरूलाई प्रहरी हिरासतमा राखी लागुऔषध ओसारपोसार मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय बारा जिल्लामा लागुऔषधको कारोबार बढ्दै गइरहेको छ। पूर्व–पश्चिम लोकमार्गको ५६ किमि र त्रिभुवन राजपदको ३२ किमि खण्ड ओगटेको बारा जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार बर्सेनि बढेको हो। पछिल्लो समय लागुऔषध कारोबारी पक्राउ परेको तथ्यांकले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रूपमा प्रयोग हुँदै आएको देखिएको छ। बारा जिल्लाका सीमावर्ती क्षेत्र बिहारका बजारबाट लुकाइछिपाइ लागुऔषध बारा भित्र्याउने र यहाँबाट राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ भने बाराबाट ठूलो परिणाममा गाँजा भारत लगिने गरेको पाइएको छ।
 

ad
ad
ad
ad