१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १५ शनिबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

बुद्ध एयरले भित्र्यायो एटिआर जहाज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १o:५९:oo

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटिआर–७२ जहाज भित्र्याएको छ। योसँगै बुद्ध एयरसँग एटिआर–७२ विमानको संख्या १५ पुगेको छ । 

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जानकारी दिए। उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरू गन्तव्यमा पनि विस्तार गरिनेछ।
     
बुद्ध एयरसँग १५ थान एयरसँग एटिआर–७२ र तीन थान एटिआर ४२ जहाज रहेका छन्। हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो। बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे। 

बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ। कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगन्जबाट पनि उडान भर्दै आएको छ।

ad
ad
ad
ad