१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
उपेन्द्र खनाल काठमाडाैं
२o८१ असार १५ शनिबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तनहुँ टपर रञ्जिलाको डाक्टर बन्ने इच्छा

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १o:२o:oo

तनहुँको भानु नगरपालिका– २ स्थित होरालो शिक्षा सदन माविकी छात्रा रञ्जिला क्षेत्रीले ४ जिपिए ल्याएकी छिन्। सामुदायिक विद्यालयबाट सर्वाेत्कृष्ट नतिजा ल्याएपछि विद्यालयले शुक्रबार सम्मान गरेको छ। विद्यालयको गरिमा बढाएकाले क्षेत्रीलाई सम्मान गरिएको प्रधानाध्यापक गोविन्दप्रसाद भट्टराईले बताए । 

उनी ७ कक्षाबाट होरालो शिक्षा सदनमा पढ्दै आएकी थिइन्। उनका दुईजना बहिनी विद्यालयको सात कक्षामा पढ्छन्। भाइ मनकामना सामुदायिक विद्या मन्दिरमा अध्ययन गर्छन्। रञ्जिलाको विज्ञान पढेर डाक्टर बन्ने चाहना छ। तर, घरको आर्थिक अवस्था कमजोर भएकाले इच्छा पूरा नहुने डर उनमा छ। ‘इच्छा पूरा हुँदैन कि भन्ने चिन्ताले सताएको छ, बाबा–ममीको आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन् ।

राम्रो कलेजमा निःशुल्क पढ्ने व्यवस्था गरिदिए छोरीको इच्छा पूरा हुने आमा लीला अधिकारीले बताइन्। ‘छोरीको विज्ञान पढ्ने इच्छा छ। आर्थिक अवस्था कमजोर छ। चार छोराछोरी छन्, सबैको पढाइखर्च जुटाउन गाह्रो छ,’ उनले भनिन् ।लीलाका श्रीमान्ले सशस्त्र प्रहरीको हवल्दारबाट अवकाश पाइसकेका छन् । ‘त्यसपछि उहाँ खर्च धान्न दुबई जानुभएको थियो। भनेजस्तो काम र पैसा नभएपछि फर्किनुभयो । अहिले हामी दुवैजना कृषि गर्छौँ, तर घरखर्च चलाउन समस्या छ,’ उनले भनिन् ।


 
 

ad
ad
ad
ad