१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका ढोरपाटन (बागलुङ)
२o८१ असार १५ शनिबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ढोरपाटन (बागलुङ)
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o९:२१:oo

बागलुङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। 

ad
ad
ad
ad