१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १२ बुधबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजीको एआई प्रविधियुक्त वासिङ मेसिन, मोबाइल एप्सबाटै सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १o:१o:oo

मनसुनमा हुने झरीलाई लक्षित गर्दै सिजी इलोक्ट्रोनिक्सले वासर ड्रायर सुविधा भएको एलजीको वासिङ मेसिन बजारमा ल्याएको छ । उक्त वासिङ मेसिनले कपडा धुने मात्रै होइन, कपडालाई पूर्ण रूपमा सुकाउने काम पनि गर्ने सिजी इलोक्ट्रोक्सिले जानकारी दिएको छ । मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ । त्यसको विकल्पमा यस्तो वासिङ मेसिन बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

यो वासिङ मेसिनले दुई घण्टाभित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ । न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीको भनाइ छ । सिजी इलोक्ट्रोनिक्सका महाप्रबन्धक (सेल्स) पुरुषोत्तम भण्डारीले मनसुनको समयमा यो वासिङ मेसिन अत्यन्त उपयुक्त हुने बताए ।

 एआईजडित वासिङ मेसिन :  मानिसले काम नै गर्नुनपर्ने 
सिजीले कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टिलिजेन्स (एआई)जडित वासिङ मेसिनसमेत बिक्री गर्दै आएको छ । एलजीका पछिल्ला सबै प्रकारका वासिङ मेसिनहरू एआईमै आधारित रहेको महाप्रबन्धक भण्डारीले बताए । नेपालमा एआईजडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि उनको भनाइ छ  ।

 ‘कपडाको प्रकृतिअनुसार त्यसलाई फरक–फरक विधिमा धुन आवश्यक हुन्छ  । सोही अवस्थालाई दृष्टिगत गर्दै हामीले एलजीका एआईजडित वासिङ मेसिन बिक्री गर्दै आएका छौँ, जसले कपडालाई जुन विधिबाट धुन आवश्यक छ, त्यही विधिबाट धुन सहयोग गर्छ,’ महाप्रबन्धक भण्डारीले भने, ‘स्पोर्ट कपडालाई जुन विधिमा धुनुपर्छ, त्यही विधिमा मेसिन चल्छ । कोट छ भने सोहीअनुसार मेसिन सञ्चालन हुन्छ ।’ यस मेसिनमा मानिसले कपडा राखिदिने मात्रै काम गरे पुग्छ । यसमा ध्वनि प्रदूषण पनि कम हुने बताइएको छ ।

 त्यस्तै, कपडालाई बढी सफा बनाउन यी वासिङ मेसिनमा ‘टर्बाेवास’को सुविधा पनि रहेको छ । यो सुविधाले कपडामा भएको दाग, भित्र–भित्र रहेको फोहोर हटाउन सहयोग पुग्ने बताइएको छ ।

 स्टिम वास : बिरामीले लगाएको कपडाका लागि उपयुक्त
सिजी इलोक्ट्रोनिक्सले एलजीको वासिङ मेसिनमा स्टिम वासको सुविधासमेत भएको जनाएको छ । यो सुविधाले कपडामा भएका कीटाणु नष्ट गर्न सहयोग पुग्नेछ । विशेष गरी बिरामीले लगाएका कपडा धुन यो वासिङ मेसिन बढी उपयोगी हुने कम्पनीले जनाएको छ ।

 एलजी थिंक्यु एप्स : मोबाइलबाटै वासिङ मेसिन सञ्चालन
एलजीका पछिल्ला सबै वासिङ मेसिनलाई मोबाइल एप्समार्फत सञ्चालन तथा नियन्त्रण गर्न सकिने पनि बताइएको छ । यसका लागि एलजी कम्पनीले वाइफाईमा आधारित ‘एलजी थिंक्यु’ मोबाइल एप्स प्रयोगमा ल्याइसकेको छ । ग्राहकले आफ्नो वासिङ मेसिनलाई उक्त एप्समा कनेक्ट गर्न सक्नेछन् । त्यसपछि एप्सबाटै वासिङ मेनिस सञ्चालन गर्न सकिने बताइएको छ । 

उपभोक्ताका लागि निकै उपयोगी
पुरुषोत्तम भण्डारी महाप्रबन्धक, सिजी इलोक्ट्रोनिक्स (सेल्स) 
एलजीका वासिङ मेसिन आममानिसका लागि उपयोगी छन् । त्यसमाथि एआईलगायत नयाँ टेक्नोलोजीसँग जोडिएको पनि छ । मोबाइल एप्समार्फत सञ्चालन गर्न पनि सकिन्छ । यसले आममासिनको जनजीवनलाई सहज बनाउने विश्वास छ ।

यो मेसिनले लुगालाई लामो समयसम्म टिकाउन सहयागे पुग्छ । साथै, विद्युत् र पानीको खपत पनि कम गर्नेछ । हामीले यो मेसिन देशभर निःशुल्क डेलिभर, जडान र परीक्षण गरिदिन्छौँ । मोटरमा १० वर्षको वारेन्टीसमेत हुनेछ । 

ad
ad
ad
ad