१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १० सोमबार
  • Saturday, 28 September, 2024
रासस काठमाडौं
२o८१ असार १० सोमबार १६:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले बढ्दा पाँच अर्बमाथिको कारोबार

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १० सोमबार १६:२३:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर दुई हजार ६६.१६ को विन्दुमा कायम भएको छ।

सोमबार तीन सय २२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता सेयर ६६ हजार पाँच सय १९ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा विकास बैंक १.५६, वित्त २.११, जलविद्युत् ०.१९, लघुवित्त १.३६ र म्युचुअल फन्ड ०.५१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.२९, होटेल तथा पर्यटन ०.२१, लगानी ०.२५, जीवनबिमा ०.१८, उत्पादन तथा प्रशोधन ०.२२, निर्जीवन ०.०९ र व्यापार समूह ०.४३ प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ७.१ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रु. २४ करोड ३२ लाख १८ हजार चार सय ९५ बराबरको तीन लाख ६४ हजार ६ सय ९५ कित्ता सेयर किनबेच भएको छ।