१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 28 September, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार ८ शनिबार १५:१३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोड ४८ लाखको बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १५:१३:oo

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ। शनिबार आयोजित १५औँ नगरसभामार्फत महानगरले बजेट सार्वजनिक गरेको हो।

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको छ। आगामी आवका लागि महानगरले दुई अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको हो। चालू आवमा महानगरको बजेट (संशोधित) तीन अर्ब ५१ करोड रहेको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरु भएको नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख इम्तियाज आलमले चालू आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनको कारण राजस्व बाँडफाँट घटेको, घरजग्गा कारोबारमा आएको मन्दीको कारण रजिस्ट्रेसन आयस्रोतसमेत घट्दा बजेटको आकार घटाउनुपरेको बताए।

यस्तै, प्रदेश सरकारबाट ससर्त अनुदान र विशेष अनुदानको रूपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरूप हुन नसक्दा पनि काम गर्न कठिनाइ आएको उनको भनाइ छ। चालू आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विशेष कार्यक्रम समेटेको महानगरको दाबी छ।

नगरसभामा प्रस्तुत आगामी आवको बजेटमा चालू खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख (७०.७ प्रतिशत) छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार (२८.१ प्रतिशत) बजेट विनियोजन गरिएको छ। 

खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको उल्लेख छ। यसैगरी, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ।