१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ असार ३ सोमबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

चम्किए नेपाली बलर, बंगलादेशले दियो १०७ रनको लक्ष्य

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o६:५४:oo

नेपाली बलर हाबी भएपछि टेस्ट राष्ट्र बंगलादेशले टी–२० विश्वकपको चौथो खेलमा एक सय सात रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले चार बलअघि अलआउट हुँदै एक सय ६ रन बनाउन सफल भएको हो । 

नेपालका लागि सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको नाममा समान दुई विकेट रह्यो । दुई खेलाडी रनआउट भएका थिए । बंगलादेशविरुद्ध दुई विकेट लिएका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनी समग्रमा एक सय रन पूरा गर्ने दोस्रो खेलाडी बने । अफगानिस्तानका कप्तान रसिद खान पहिलो स्थानमा छन् । 

दक्षिण अफ्रिकाविरुद्ध चार ओभरमा चार विकेट लिएका कुशल भुर्तेल बंगलादेशविरुद्ध भने विकेटविहीन भए । उनले चार ओभरमा २२ रन खर्चिए । पहिलो बलमै सोमपाल कामीले ओपनर तान्जिद हसनलाई आफ्नै बलमा क्याच आउट गर्दै दबाब सिर्जना गरेका थिए । अलरान्डर सकिब अल हसनले २२ बलमा सर्वाधिक १७ रन बनाए । उनलाई कप्तान रोहितले एलबिडब्लू धरापमा पारेका थिए । बंगलादेशका लागि महमुदुल्लाह र सकिवले २० बलमा सर्वाधिक २२ रनको साझेदारी गरेका थिए । 

यसअघि नेपाल टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । नेदरल्यान्ड्ससँग पहिलो खेलमा ६ विकेटले हारेको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । बंगलादेश आज नेपाललाई हराउँदै सुपर एट पक्का गर्ने योजनामा छ । नेपाल भने प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा छ । समूह ‘डी’मा लगातार चौथो जितसँगै दक्षिण अफ्रिका सुपर एटमा प्रवेश गरिसकेको छ ।
 

ad
ad
ad
ad