१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
बर्लिन
२o८१ असार २ आइतबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल जर्मनीमा 

Read Time : < 1 मिनेट
बर्लिन
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o८:३५:oo

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि शनिबार राति  राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलाइन्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । 

राष्ट्रपतिलाई  जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरकाे निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने तय भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको  छ  ।  

जर्मनीमा राष्ट्रपति पौडेलले पोस्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनबर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै, सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ । 

त्यसैगरी, असार २ गते सोही राष्ट्रपतिले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ।

ad
ad
ad
ad