१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बर्लिन फिल्म फेस्टिभल आजबाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o२:oo

मीन भाम निर्देशित साम्बाला २३ फेब्रुअरीमा वर्ल्ड प्रिमियर हुने 

जर्मनीको प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आजदेखि सुरु हुँदै छ । २५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका लागि मीन भाम निर्देशित ‘साम्बाला’ छनोट भएको छ । बर्लिनमा मुख्य प्रतिस्पर्धामा नेपाली फिल्म छनोट भएको यो पहिलो अवसर हो ।

त्यस्तै, यस वर्ष मुख्य प्रतिस्पर्धामा दक्षिण एसियाबाट छनोट हुने यो एक्लो फिल्म हो । २३ फेब्रुअरीमा यो फिल्म ‘वर्ल्ड प्रिमियर’ हुनेछ । त्यसअघि नै सौरभ घिमिरे निर्देशित नेपाली सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ २१ फेब्रुअरीमा प्रदर्शनमा आउनेछ । 

१० दिने अवधिमा सयौँ फिल्म बर्लिनमा देखाइनेछ । विभिन्न फिल्मी गतिविधि हुनेछन् । पाँचजना नेपाली ‘बर्लिनाले ट्यालेन्ट’मा छनोट भएका छन् । यसपटक ओपनिङ फिल्मका रूपमा ‘स्मल थिंग्स लाइक दिज’ प्रदर्शन हुनेछ ।

आयरिस र बेल्जियनको संयुक्त निर्माणमा बनेको फिल्मलाई टिम माइलेन्ट्सले निर्देशन गरेका हुन् । यसमा सियिलन मर्फी, एलिन वेल्स, मिसेल फेयरली, एमिली वाटसनलगायतको अभिनय छ । युरोपका कान्स र भेनिससँगै यसलाई विश्वकै एउटा ठूलो फिल्म फेस्टिभल मानिन्छ ।

ad
ad