Skip This
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण प्रस्तुत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण प्रस्तुत

गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औषत भन्दामाथि रहने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १५:५३:oo

राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।  अर्थमन्त्री पुनले सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक तथा सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए। 

सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालूको आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ। 

अर्थमन्त्री पुनले भने, ‘उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान छ।’ 

सर्वेक्षणमा प्रदेशगत रूपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको उनले जानकारी दिए। 

साथै, चालू आवलगायत कुल लगानी २‍.८ प्रतिशतले बढेर रु. १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको छ। प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणले गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ गते मंगलबार ४ बजेर १५ मिनेटमा बस्नेछ। 

ad
ad
ad
ad