१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले बुधबार गरेकाे प्रदर्शन । तस्बिर : संजित परियार/नयाँ पत्रिका।
संजित परियार काठमाडौं
२o८१ असार १२ बुधबार १४:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुन आयातमा सीमित कोटा र भन्सार वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १४:५१:oo

काठमाडौंको न्युरोडका सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा पसल बन्द गरेर प्रदर्शन गरेका छन्। 

व्यवसायीले न्युरोडगेटदेखि ब्यानर र प्लेकार्डसहित सिठ्ठी र नारा लगाउँदै प्रदर्शन गरेका हुन्। 

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयातको कोटा बढाएर दैनिक २० केजी पुर्‍याएको थियो। तर, भन्सार महँगो परेको भन्दै व्यवसायीले विरोध गर्दै आएका थिए।

आगामी आर्थिक वर्षका लागि हिजो प्रतिनिधिसभाबाट पारित बजेटमा सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएको छ। यसले अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने भन्दै व्यवसायी प्रदर्शनमा उत्रिएका हुन्।