Skip This
भौतिक पूर्वाधारमन्त्रीलाई मेयर बालेनको धुलो उपहार, सडक डिभिजन रुष्ट !
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार o६:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भौतिक पूर्वाधारमन्त्रीलाई मेयर बालेनको धुलो उपहार, सडक डिभिजन रुष्ट !

१२ वर्षअघि नै सकिनुपर्ने चक्रपथको दोस्रो खण्ड विस्तार अझै सुरु भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:५१:oo

सडक विभागको गेटमा महानगरले थुपारिदियो धुलो 

काठमाडौं महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको ढिलासुस्तीका कारण १५ वर्षदेखि चक्रपथ विस्तारको बहानामा महानगरवासीले धुलो खाइरहनु परेको भन्दै तुरुन्त चक्रपथ विस्तार गर्न दबाबस्वरूप महानगरले शनिबार विभागको गेटअगाडि धुलो थुपारिदिएको हो । 

फोहोर थुपारेको भिडियो राख्दै महानगर प्रमुख बालेन्द्र साहले उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा  लेखेका छन्– ‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्विकार्नु होला ।’

चक्रपथ सुधारको दोस्रो फेज (कलंकी–महाराजगन्ज)को कामका लागि सन् १८ डिसेम्बर २०१२ मा नेपाल सरकार र चीन सरकारका तर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले एक महिनाभित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको दुई महिनाभित्र निर्माणका लागि सबै पूर्वतयारीको काम सिध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ । ४० महिनाभित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ (१२ वर्ष) महिना बितिसक्दा थालनी हुनेसम्मको पनि संकेत छैन । 

सडक विभागले प्रतिवाद गर्ने
सडक विभागअन्तर्गत रहेको सडक डिभिजन काठमाडौंले मीनभवनस्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी ट्रिपरबाट कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार साँझ विज्ञप्ति जारी गर्दै उसले डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने जनाएको छ । शुक्रबार काठमाडौं महानगरका मेयर तथा डिभिजनका डिभिजन प्रमुखबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको डिभिजनले जनाएको छ । उसले आफ्नो कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाए यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने स्पष्ट पारेको छ ।

ad
ad
ad
ad